काठमाडौं । राजनीतिक तथा प्रशासनिक नेतृत्वको मिलेमतोमा भ्रष्टाचार हुने क्रमले वर्षेनी तीव्रता पाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी पर्ने क्रम बढ्दै गएको आधारमा आयोगले सो निष्कर्ष निकालेको हो। १० महिनाको अवधिमा झन्डै साढे २२ हजार उजुरी परेको आयोगले जनाएको छ ।
चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सो संख्यामा उजुरी परेको हो । तीमध्ये करिब आधा मात्र अर्थात् १२ हजार ५ सय ९२ उजुरी मात्र फस्र्योट भएको छ । आयोगका अनुसार उजुरीको संख्या बढनुमा रिसइवीका कारण र कतिपय अवस्थामा गोलमटोल तरिकाले पनि उजुरी आउने गरेको खबर नेपाल समाचारपत्रमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया