काठमाडौं–मानव तस्करीको आरोप लागेपछि विवादमा तानिएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा स्वदेश फर्किएकी छिन् ।
कूटनीतिक मर्यादा विपरीतको गतिविधिमा संलग्न रहेको आरोप लागेपछि शेर्पा राजीनामा बुझाएर दुई साताअघि अस्टे«लिया पुगेकी थिइन् । सरकारले आफ्नो पारिवारिक व्यवस्थापन मिलाउन दुई साताको समय तोकेपछि शेर्पा परिवारसहित बुधबार स्वदेश फर्किएकी हुन् ।
उनलाई मन्त्रिपरिषद्ले बर्खास्त गर्ने निर्णय गरेको बताइए पनि परराष्ट्र मन्त्रालयले कुनै निर्णय नभएको बताउँदै आएको छ। नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया