काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध माघ २१ गते गर्न लागेको देशव्यापी विरोध प्रदर्शनलाई प्रभावकारी बनाउन तयारीलाई तीव्रता दिएको छ।
आफ्ना दुई पूर्वसभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको स्वास्थ्य संस्थालाई संघअन्तर्गत नै राख्ने निर्णय गरेपछि कांग्रेसको आन्दोलन फितलो हुने सत्ता पक्षले आकलन गरिरहेका बेला कांग्रेसले विरोध प्रदर्शनलाई थप प्रभावकारी बनाउने गरी तयारी तीव्र पारेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी माघ २१ को देशव्यापी विरोध प्रदर्शनलाई प्रभावकारी बनाउनका लागि ७७ वटै जिल्लामा तयारी भइरहेको जानकारी दिए ।
अनशनरत डा गोविन्द केसीको मागप्रति सरकार संवेदनशील नभएको भन्दै विरोध गर्दै आएको कांग्रेसले आफ्ना दुई पूर्वसभापतिहरूको नाममा रहेको स्वास्थ्य संस्था जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई सरकारले नामेट गर्ने दुष्प्रयास गरेको भन्दै सदनसमेत अवरुद्ध बनाउँदै आएको थियो। देशव्यापी विरोध कार्यक्रमको तयारी गरिरहेको कांग्रेसले सदन अवरुद्ध गर्ने कि नगर्ने भन्ने बारेमा भने निर्णय लिइसकेको छैन। नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया