नेकपाको साङ्गठनिक एकता लम्बियो

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साङ्गठनिक एकताको टुङ्गो लगाउन गृहकार्य जारी छ । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

  गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) बीच एकीकरणको घोषणा गर्दै तीन महिनाभित्र सबै तहको साङ्गठानिक एकतालाई पूर्णता दिने भनिएको थियो । तर एकीकरण भएको नौ महिना पुग्दा पनि एकता प्रक्रिया टुङ्गिएको छैन ।

पार्टीको मूल कमिटीबीच एकीकरणको घोषणा भएपछि बाँकी रहेका सङ्गठनको एकता टुङ्गो लगाउन विभिन्न कार्यदल गठन भए पनि निष्कर्षमा पुगिएको छैन ।

पुस १३ गते सम्पन्न पार्टीको स्थायी कमिटीको बैठकले सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको थियो तर सो कार्यदलले पनि हालसम्म ठोस निर्णयमा पुग्न सकेको छैन । कार्यदललाई पुस मसान्तसम्म एकीकरणका लागि गृहकार्य गरी प्रतिवेदन बुझाउन बैठकले निर्देशन दिएको थियो । सो

ही अनुसार कार्यदलले काम पनि सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?