भाषा आयोगमा ‘योग्यता लत्याएर नियुक्ति’

काठमाडौँ — सरकारले भाषा आयोगमा योग्यतै नपुगेकालाई सदस्य नियुक्त गरेको भाषाशास्त्रीले आरोप लगाएका छन् ।

उनीहरूले शिक्षा मन्त्रालयकी अवकाशप्राप्त उपसचिव तथा लेखक उषा हमालको नियुक्तिप्रति आपत्ति जनाएका हुन् ।

अन्य सदस्यसमेत विभिन्न क्याम्पसमा कार्यरत नेपाली र अंग्रेजी विषयका शिक्षकलाई नियुक्त गर्न लागिएको विज्ञहरूको दाबी छ ।

 २०७३ भदौमा आयोग गठनसँगै शिक्षा मन्त्रालयका पूर्वसचिव तथा भाषाशास्त्री लवदेव अवस्थी अध्यक्ष बनाइएका थिए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?