नेताको घर धाउने प्रहरीलाई बढुवा नगर्ने आईजीपी खनालको चेतावनी

काठमाडौं–शक्तिकेन्द्र तथा नेताको घर धाउने प्रहरीलाई बढुवा नगर्ने आईजीपी  सर्वेन्द्र खनालले चेतावनी दिएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

 रिक्त रहेका पदमा बढुवा प्रक्रिया सुरु भएलगत्तै प्रहरी अधिकारीहरूले नेतामार्फत दबाब दिन थालेपछि खनालको चेतावनी आएको हो ।

‘बढुवाका लागि संगठनमै विश्वास गर्न जरुरी छ,’ गत साता बढुवा भएका प्राविधिक प्रहरीलाई प्रधान कार्यालयमा दज्र्यानी चिह्न प्रदानपछि खनालले भने, ‘नेताकहाँ गएर बढुवा होइन्छ भन्ने भ्रममा नपरे हुन्छ, नेताहरूकोमा धाउनेहरू बढुवामा छुट्ने सम्भावना धेरै छ ।’

 प्रहरी अधिकारीहरू सरुवा–बढुवाका लागि नेताहरूकहाँ धाएकै कारण संगठन बलियो हुन नसकेको बताउँदै खनालले यस्तो प्रवृत्ति छाडेर संगठन प्रमुखमै विश्वास गर्नुपर्ने बताएका थिए । अनावश्यक चलखेलमा नलागी संगठनलाई बलियो बनाउनु नै संगठनप्रति योगदान हुने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?