नेविसङ्घद्वारा दीप प्रज्वलन

काठमाडौँ–नेपाल विद्यार्थी सङ्घले शहीदको सम्झनामा बुधबार साँझ शहीद गेटमा दीप प्रज्वलन गरेको छ ।

नेपाल विद्यार्थी संघ, प्राविधिक विद्यार्थी परिषद्को आयोजनामा गरिएको दीप प्रज्वलन कार्यक्रममा बोल्दै उपाध्यक्ष रामप्रसाद अधिकारीले  पछिल्लो समय वास्तविक शहिदहरुको सम्मान हुन नसकेको बताए ।
यस्तै महामन्त्री  कुन्दनराज काफ्लेले ज्ञात अज्ञात शहिदहरुलाइ सम्झिदै बाम सरकारको दुई तिहाइको दम्भलाइ चिर्दै न्याय र समुन्नत समाज निर्माणका लागि आफूहरु सहिद बन्न पनि तयार रहेको बताए ।
 कार्यक्रम अध्यक्ष सुबास घिमिरेको अध्यक्षतामा सहिद गेटमा सम्पन्न भएको थियो ।
यसैबीच नेपाल बिद्यार्थी संघ गोकुलेश्वर कृषि तथा पशु बिज्ञान कलेज बैतडीको आयोजनामा पनि आज  दिप प्रज्वलन कार्यक्रम गरियो ।
गोकुलेश्वर कृषि तथा पशु बिज्ञान कलेज बैतडीको प्राङ्गणमामा नेबि संघ सभापति पुरुशोतम जोशीको सभापतित्वमा कार्यक्रम  सम्पन्न भएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?