माघ १६ गतेका १८ ट्रेन्डिङ समाचार, देश दुनियाँमा दिनभर के भयो  एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल माघ १६ गते देश दुनियाँमा के–के घटना भए रु जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा लोकपथ टिभीलाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

 

1. गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा, ३ अर्ब खर्च हुने अनुमान
‘धुर्मुस सुन्तली फाउन्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउने घोषणा गरेको छ । चितवनको भरतपुर महानगरपालिका रामपुरस्थित रामपुर कृषि तथा वन विश्वविद्यालयको २० बिघा जमिनमा नयाँ क्रिकेट मैदान निर्माण गर्ने बुधवार घोषणा गरेको हो । 

***

2. डा केसीसँग सरकारले सम्वाद नगर्नु निरंकुशता नग्नताको लज्जास्पद उदहारण : नेता केसी
नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा। गोविन्द केसीको जीवन जोखिमको अन्तिम अवस्था पुग्दा पनि सरकारले कुनै पहल नगरेको प्रति आक्रोश व्यक्त गरेका छन् । यता डा. केसीको माग लिएर १२ वटा संस्थाको सयुक्त विज्ञप्ती निकालेका छन्। ​

_डा. केसीको माग प्रति सरकार गम्भिर हुनुपर्छ: डा. भट्टराई
 _ शिक्षण अस्पताल पुगेर डा. केसीलाई के भनिन् पूर्वप्रधानन्यायाधीश कार्कीले ?

_डा केसीको स्वास्थ्य अवस्था जोखिमउन्मुख, कुनै पनि बेला हृदयघात हुनसक्ने
 

***

सहिद दिवस  : शहिद दिवस कमल थापाको प्रश्न देश टुक्र्याउन कसले भन्यो ?
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष कमल थापाले कागजी रुपमा मात्र नभई व्यवहारिक रुपमा शहिदका सपना पूरा गर्ने कार्य गरे मात्र राष्ट्र र राष्ट्रियता प्रति समर्पण गर्दै साहदत प्राप्त गरेका शहिदहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् । 

सहिद दिवसको अवसरमा प्रधानमन्त्रीले भने,‘क्रान्तिवीरहरुले देखेको राजनीतिक अधिकार साकार’

_३ करोड जनसंख्या भएको देशमा १२ हजार सहिद

सहिद परिवार भन्छन्,'वास्तविक शहिदको अपमान भयो'

_सहिद दिवसमा कहिले उमङ्ग र उल्लासमय, कहिले ओझेलमा

 

***

4. बन्दका कारण कञ्चनपुरको जनजीवन प्रभावित
मंगलवारदेखि विद्यार्थी संगठनले आह्वान गरेको जिल्ला बन्दले कञ्चनपुरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बुधवार बिहानैदेखि भीमदत्तनगरबाट चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालन हुनसकेको छैनन् । 

 

***

5. विश्व साइकलयात्री पुष्कर शाहको गुमनाम दैनिकी, यी हुन् नभनिएका कुरा
‘सम्मानपत्र राख्ने ठाउँ नै भएन, संग्रहालय बनाउँछु’
आजभन्दा २० वर्ष अगाडि एक व्यक्ति एक जोर कपडा, आमाले दिएको एक सय रुपैयाँ, एउटा साइकल र एउटै सपना लिएर घरबाट निस्किए । एउटा साइकलको भरमा विश्व सयर गर्ने उनको यो अठोटलाई कतिले पागलपनको नाम दिए कतिले ‘असम्भव’ भनिदिए । 

***

6  पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार
पूर्वयुवराज पारस विक्रम शाहको स्वास्थ्यमा सुधार भएको छ । गत सोमवार दिउँसो हृदयघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वयुवराज पारसको स्वास्थ्य सुधारोन्मुख आएको हो । 

 

***

मुलुकी अपराध (संहिता) ऐन संशोधनको लागि पहल गर्ने सभामुख महराको भनाइ
सभामुख कृष्ण बहादुर महराले मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को संशोधनको लागि पहल गर्ने बताएका छन् । 
नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग बुधवार भएको भेटमा सभामुख महराले मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को संशोधनको लागि पहल गर्ने बताएका हुन् । 

***

वाइडबडी खरिदमा भएको अर्बौं घोटालाको गम्भीर छानविन हुनुपर्छ स् विश्वप्रकाश शर्मा
 नेपाली कांग्रेसले वाइडबडी जहाज खरिदमा भएको अर्बौको घोटालाकाबारे गम्भीर ढंगले छानविन गर्न माग गरेको छ । माघ २१ को देशव्यापी विरोध प्रदर्शन मार्फत यसका लागि थप दबाब श्रृजना गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

 

***

9 कानून र संरचना व्यवस्था नहुँदा समस्याः उपप्रधानमन्त्री पोखरेल
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानून र संरचना व्यवस्था नहुँदा सरकारले सोचेअनुसारको काम गर्न नसकेको बताएका छन् ।  देउराली–जनता फर्मास्युटिकल्स प्रालिको २८औँ वार्षिकोत्सव समारोहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले कानून नबन्दा समस्या परेको भन्दै सरकारले चाँडो कानून र संरचनामा परिवर्तन गर्न लागेको बताए । 

***

10 सरकारविरुद्ध नयाँ वानेश्वरमा माानवअधिकारकर्मीको प्रदर्शन, ९ महिलासहित ३२ जना पक्राउ
मानवअधिकार तथा शान्ति समाजले सरकारविरुद्ध संघीय संसद भवन अगाडी प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा प्रहरीले ९ जना महिलासहित ३२ जनालाई पक्राउ गरेको छ । समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित ३२ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

***

11 प्रदेश नं २ को राजधानी जनकपुर नै रहन्छ  नेता निधि
नेपाली काङ्ग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिले प्रदेश नं २ को राजधानी जनकपुर र प्रदेश सरकारको भवन जनकपुर चुरोट कारखाना लिमिटेड ९जचुकालि० मै रहने बताएका छन् । 

 

***

12 जिरी आउने पर्यटकलाई ५० प्रतिशत छुट दिने होटल व्यवसायीको निर्णय
दोलखाको पर्यटकीय नगरी जिरी भ्रमणमा आउने पर्यटकलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ । बुधवारदेखि लागू हुने गरी होटल व्यवसायीले जिरी भ्रमणमा आउने पाहुनाका लागि यस्तो घोषणा गरेका हुन् । 

 

***

13 सबैभन्दा धेरै नाफा कमाउनेको सुचिमा नबिल बैंक पहिलो स्थानमा
 नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा खुद नाफा १८ दशमलब ४५ प्रतिशत बनाएको छ । 
उक्त बैंकले दोस्रो त्रैमासिक अवधिमा आफ्नो खुद नाफा दुई अर्ब १७ करोड ६८ लाख रूपैयाँ आर्जन गरेको छ। नबिल बैंकको यो नाफा सबै वाणिज्य बैंकहरुको भन्दा बढी हो ।

 

***

14 गाई पाल्ने ‘गोपी’ हरुको कथा
केही दिनअघि चितवनका किसानले भाडामा जग्गा लिएर लगाएको बन्दा विक्री नभएपछि बन्दामाथि डोजर लगाए । किसानले त्यसरी डोजर लगाउनुको एउटै कारण थियो, आफ्नो बन्दाको उचित मूल्य नपाउनु । यसैको प्रत्यक्ष प्रभाव हुनुपर्छ, नेपालीहरु नेपालमा केही गर्नुको साटो पासपोर्ट बनाउँछन् । र, विदेश ताक्छन् ।

 

***

15 मुलुकलाई संसारमा चिनाउने एकमात्र माध्यम खेलकूद हो : खेलकुदमन्त्री
‘ युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले राष्ट्रिय खेलाडीहरुलाई मासिक भत्ता उपलब्ध गराउनुपर्ने बताएका छन् । 
अक्सिडेन्टल पब्लिक स्कुलको २५ औँ वार्षिकोत्सवको अवसरमा सो स्कुलले बुधजारदेखि सानोगौचरमा आयोजना गरेको तीनदिने खेलकूद महोत्सवमा मन्त्री विश्वकर्माले राष्ट्रका लागि पदक जित्न सफल खेलाडीलाई मासिक भत्ता दिन सके खेलाडी पलायन हुनुपर्ने अवस्थाको अन्त्य हुने बताएका हुन् ।  अर्को एक कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले  खेलकूदको क्षेत्रमा नेपालले फड्को मार्न थालेको बताएका छन् । 

 

***

16. प्रदेश नं २ को राजधानी जनकपुर नै रहन्छ  नेता निधि
नेपाली काङ्ग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिले प्रदेश नं २ को राजधानी जनकपुर र प्रदेश सरकारको भवन जनकपुर चुरोट कारखाना लिमिटेड ९जचुकालि० मै रहने बताएका छन् । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित काङ्ग्रेस पार्टी कार्यालयमा आज पत्रकार सम्मेलनमा नेका नेता निधिले जचुकालिको भवन प्रदेश सरकारका लागि उपयुक्त रहेकाले प्रदेश नं २ को राजधानी जनकपुर नै रहने ठोकुवा गरे । 

***

17 न्यु डाइमण्ड महिला भलिबल कपलाई होङ वान्जी बौद्ध समाजको साथ
‘न्यु डाइमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई होङ वान्जी बौद्ध समाज नेपालले प्रायोजन गरेको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि तेस्रो संस्करणको न्यु डाइमण्ड भलिबल प्रतियोगितालाई दोस्रो पटक वान्जी बौद्ध समाज नेपालले प्रायोजना गरेको हो । 

***

18 भेनेजुएलाः विपक्षी नेतालाई देश छाड्न प्रतिबन्ध
भेनेजुएलाको सर्वोच्च अदालतले विपक्षी नेता हुवाँ गुएइदोलाई देश नछाड्न मङ्गलबार आदेश दिएको छ । आफैँले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका गुएइदोको सम्पत्ति रोक्का गर्न पनि अदालतले आदेश दिएको जनाइएको छ । 

***

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?