ललितपुर–चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा २७ किलोमिटर चक्रपथको कोटेश्वर–सातदोबाटो–कलंकी साढे १० किलोमिटर सडक खण्डको काम सम्पन्न भएको भन्दै चीनले नेपाललाई हस्तान्तरण गरेको छ। नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।
उक्त खण्डमा सडक र कलंकीमा नेपालमै पहिलो अन्डर पास बनाएर सम्पन्न गरे पनि सडक सुरक्षा, बस स्टेशन, जेब्रा क्रसिङ, डिभाइडरलगायतको पूर्वाधार अझै पूरा भइसकेको छैन।
सडक विभागले भने चिनियाँ पक्षले निर्माण गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न गरिसकेको दाबी गरिरहेको छ। विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले चिनियाँ पक्षले बनाउनुपर्ने सबै संरचना सम्पन्न गरिसकेको दाबी गरे ।
सडकमा जेब्रा क्रसिङ, ट्राफिक संकेत, ट्राफिक बत्ती, उपयुक्त ठाउँमा आकाशे पुललगायतको संरचना नबन्दा यात्रुले जोखिम मोलेर यात्रा गर्नुपरेको छ। मुख्य चोकबाहेक अन्य स्थानमा जेब्रा क्रसिङ भेटिँदैन। उपयुक्त स्थानमा जेब्रा क्रसिङ र आकाशे पुल नहुँदा यात्रु जोखिम मोलेरै आठ लेनको सडक पार गर्न बाध्य छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया