पर्वत- आफ्नो शैक्षिक भविष्यमा लगानी गर्ने गगन थापालाइ भेट्दा देवी सार्की मख्ख परेकी छन ।
मंगलबार पर्वतको सूर्य प्रकाश माविको कार्यक्रममा सहभागी हुन पर्वत पुगेका वेला गगन थापालाइ भेटेपछि देवी मख्ख भइकी हुन । उनले आफूलाइ पढाउन सहयोग गर्ने थापासँग भीडलाइ छिचोल्दै फोटो समेत खिचाइन ।
पर्वतको कुश्मा नगरपालिका -३ मा रहेको तालपोखरी प्रावि दुर्लुङमा कक्षा तीनमा पढिरहेकी देवी सार्कीको सम्पूर्ण पढाइ खर्च गगन थापाले स्पेन्सर गर्दै आउनुभएको छ । कक्षा एकमा भर्ना भएको वर्ष देखि नै देवी सार्कीको सम्पूर्ण खर्च गगन थापाले व्यहोर्दै आउनु भएको छोरी पढाउनु अभियानका अभियान्त प्रेम विकले बताए । विहान र बेलुकोको खानामात्र बाबुआमाले खुवाउनु हुन्छ बाँकी सवै खर्च थापाले गर्दै आउनु भएको जानकारी विकले दिए ।
स्कूलमा लाग्ने सम्पूर्ण खर्च स्टेशनरी, ड्रेस, दशैंका लागि लुगा, आवश्यकता अनुसार जुत्ता, जाडोको लागि आवश्यक लुगा लगायतको सहयोग गर्दै थापाले गर्नु हुन्छ । यसले आर्थिक अभावमा स्कूल जान नसक्ने देवी सार्की जस्तालाइ ठूलो सहयोग पुगेको विकको भनाइरहेको छ ।
देवी सार्कीलाइ थापाले +२ सम्म नै पढाउन स्पोन्सर गर्ने बताउनु भएको छ । दुर्गाका आमाबाबु स्थानीय स्तरमा नै मजदुरी गरेर जीवन निर्वाह गदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया