शून्य लागतमा श्रमिक लैजान ओमन तयार

काठमाडौँ – नेपाली श्रमिकलाई शून्य लागतमा लैजान ओमन तयार भएको छ । ‘मस्कटमा सोमबार भएको दुईपक्षीय प्राविधिक टोली बैठकमा श्रमिकको सुरक्षा, शून्य लागत, बिमा लगायत विषयमा नेपालले राखेको प्रस्तावलाई ओमनले स्वीकार गरेको हो,’ ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले  भनिन् ।
बैठकले श्रमिकको भर्ना प्रक्रिया, कार्यस्थल सुरक्षा, लागत खर्चलगायत विषय टुंग्याएको उनले बताइन् । बैठकपछि दुई देशबीच श्रमसम्झौता प्रक्रियाले गति लिएको छ ।कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?