घूस आरोपमा अख्तियारकै प्रहरी पक्राउ

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अख्तियारमै कार्यरत प्रहरी सहायक निरीक्षकलाई घूस मागेको आरोपमा पक्राउ गरेको छ ।
अनुसन्धानका क्रममा रहेको मुद्दा तामेलीमा राखिदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घूस मागेको आरोपमा आयोगको कार्यालय, सुर्खेतमा कार्यरत सहायक निरीक्षक जन्म अधिकारीलाई अख्तियारले नै पक्राउ गरेको हो । उनी आइतबार बर्दिया राष्ट्रिय निकुञ्जको चेकपोस्टबाट समातिएका हुन् । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?