गैँडाको आक्रमणबाट मृत्यु

लोकपथ
0
Shares

पश्चिम चितवनमा रहेको हरियाली सामुदायिक वनका गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपािलका–२३ का ६० वर्षीय झणबिल बोटे रहेका छन् । सो वडाका अध्यक्ष दीपक दवाडीका अनुसार आज दिउँसो ३ बजे वनभित्र श्रीमान् श्रीमती छिरेकामा श्रीमान्लाई गैँडाले आक्रमण गरेको हो । साझ ५ः३० बजे उनको शव भेटिएको दवाडीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?