माघ १४ गतेका १८ टेन्ड्रिङ समाचार, एक क्लिकमा थाहा पाउनुहोस् देश दुनियाँमा दिनभरी के के भयो ?

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल माघ १४ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । 

यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा लोकपथ टिभीलाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।    

1.माननीय भए  मनाङे, लिए प्रदेश सांसदको सपथ  दिपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् । गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङेलाई सोमबार सपथ गराएका हुन् ।

 

2.पारस शाह अस्पताल भर्ना पूर्व युवराज पारस शाह नर्भिक अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्यमा एकाएक समस्या आइपरेपछि नर्भिक भर्ना भएका हुन् । अस्पतालका प्रेस सल्लाहकार आरपी मैनालीले उनी अस्पताल भर्ना भएको बताउँदै के भएको भन्नेबारे चाहिँ खुल्न बाँकी रहेको बताए । 

3.कांग्रेसले उठान गरेको विषयमा जवाफ दिन सरकारलाई निर्देशन
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले नेपाली काङ्ग्रेसका शीर्ष नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पतालका बारेमा सदनमा काङ्ग्रेसले उठान गरेको चासो र चिन्ताका विषयमा आगामी बैठकमा जवाफ दिन सरकारलाई निर्देशन गरेका छन् । 

 

4,प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज नेपाल कम्युनिष्ट पार्टी  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल डिस्चार्ज भएकी छिन् । भाइरल ज्वरोबाट थलिएकी सीता गत माघ ६ गतेदेखि ललितपुरको सुमेरु अस्पताल भर्ना भएकी थिइन् । 

 

5.सरकारविरुद्ध नेविसंघको प्रदर्शन
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थाी संघले अस्कल क्याम्पस अगाडि सरकार विरुद्धमा आन्दोलन गरेका छन् ।कम्युनिष्ट सरकारले संसदभित्र बहुमतको आडमा देखाएको अधिनायकवादी हर्कतका विरुद्ध आन्दोलन गर्नुको विकल्प नभएको भन्दै नेविसंघले सरकारको विरोधमा चर्को नाराबाजि गरेका थिए ।

 

6.बम दिदिबहिनीले भने  ‘हामी निर्दोष हौंं, दोषी प्रमाणित गरे जेल जान तयार छौं’
‘कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार हत्या काण्डमा आफूहरुको कुनै संलग्नता नरहेको बम दिदिबहिनीले स्पष्ट पारेका छन् । उनीहरुले यो प्रकरणमा दोषी प्रमाणित गरे आफूहरु जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको बताए । 

 

7.चीन सरकारद्वारा कोटेश्वर–कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण चीनले कोटेश्वर–कलंकी सडक खण्ड नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । चीनले आफ्नो अनुदान सहयोगमा ५ वर्ष लगाएर निर्माण सम्पन्न गरेको कोटेश्वर–कलंकी सडक खण्ड नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

 

8.शेयर बजारमा सामान्य सुधार  धितोपत्र बजारमा सोमवार शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २ दशमलब ७९ विन्दुले बढेर एक हजार १६४ दशमलब ८९ विन्दुमा पुगेको छ ।

 

9.डा. केसीलाई अनसन तोड्न शिक्षा मन्त्री पोखरेलको आग्रह  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा.गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेका छन् । सोमवार राष्ट्रयसभा बैठकमा राष्ट्रिय चिकित्सा विधेयक टेबुल भएपछि मन्त्री पोखरेलले पत्रकारसाग कुरा गर्दै यस्तो आग्रह गरेका हुन् । 

 

10.मोरङको विराटचोकमा अनिश्चितकालीन कर्फ्यू
काठमाडौं । मोरङको विराटचोकमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । सोमवार बिहान ११ बजेदेखि प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो । कर्फ्यू बेवास्ता गर्दै आक्रोसित समूह, बालिकाको शव सडकमै राखेर प्रदर्शनमा उत्रेको थियो । 

 

11.राष्ट्रसंघको स्थायी प्रतिनिधिका लागि अमृतबहादुर राईको नाम अनुमोदन
संसदीय समितिले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्तिका लागि सरकारले सिफारिस गरेका अमृतबहादुर राईको नाम अनुमोदन गरेको छ । 
सोमवार सिंहदरवारमा बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले सरकारद्वारा संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिका लागि सिफारिस राईको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

 

12.नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष प्रधानको राजीनामा, यस्तो छ कारण
नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले मौखिक रुपमा राजीनामाको घोषणा गरेका छन् ।
चर्को विवाद र आन्तरिक दवावका कारण महासंघका कोषाध्यक्ष प्रधानले आइतवार मौखिक राजीनामा घोषणा गरेका हुन् । 

 

13.विराटनगरमा ११ वर्षीया बालिका गुडियाको बलात्कारपछि हत्या
विराटनगरमा ११ वर्षीया बालिका बलात्कारपछि हत्या भएको छ । विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको शनिवार राति बलात्कारपछि हत्या भएको हो ।

14.निर्मला पन्त बलात्कारपछि हत्या घटना स् निर्मलाको भेजिनल स्वाबसँग आमाको डीएनए मिल्यो
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको शवबाट निकालिएको भेजिनल स्वाब को डीएनए र उनकी आमा दुर्गादेवी पन्तको डीएनए मिलेको छ ।पन्तको शवबाट निकालिएको भनिएको भेजिनल स्वाबमाथि नै प्रश्न उठेपछि बैधानिकता जाँच गर्न आमा दुर्गादेवी डीएनए टेष्ट गर्न तयार भएकी थिइन् ।

 

15. तालिबान वार्ताबारे अफगान सरकारलाई जानकारी अफगानिस्तानको राष्ट्रपतिको कार्यालयले अमेरिकी विशेषदूत जाल्मे खलिलजादले कतारमा तालिबान विद्रोही समूहसँग भएको हालैको वार्ताबारे जानकारी गराएका छन् ।  विशेषदूत खलिलजादले वार्ताको प्रगतिका बारेमा राष्ट्रपति अस्रफ घानी र अरु अफगान सरकारी अधिकारीलाई जानकारी गराएको हो ।   

 

16. हिउँदे वर्षाले इँटा उद्योगमा क्षति, करोडौँ रुपैयाँको नोक्सान
मुलुकभर शुरु भएको हिउँदे वर्षाका कारण इँटा उद्योगमा करोडौँ रुपैयाँको क्षति पुगेको छ । पोल्ने तयारीका लागि बनाइएका लाखौँ काँचो इँटामा वर्षाले क्षति पु(याउँदा ठूलो नोक्सान भएको नेपाल इँटा उद्योग महासङ्घले जनाएको छ । 

 

17.एक दिवसीय क्रिकेटमा पारसको पहिलो शतक 
काठमाडौं नेपाली टोलीका कप्तान पारस खड्का एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। तीन एक दिवसीय क्रिकेट प्रतियोगिताको लागि युएई भ्रमणमा रहेको नेपाली टोलिका लागि खड्काले पहिलो शतक प्रहार गरेका हुन्।

 

18.तीन एकदिवसीय क्रिकेट सिरिज :  नेपाललाई ऐतिहासिक सफलता, पारस खड्काको शतक रेकर्ड ः नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ । पारस खड्काको कप्तानी इनिङसँगै नेपालले ऐतिहासिक सफलता हात पारेको हो । यससँगै नेपालले तीन म्याचको सिरिज २–१ ले आफ्नो पोल्टामा पारेको छ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?