‘माननीय’ भए  मनाङे, लिए प्रदेश सांसदको सपथ

दिपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् ।

गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङेलाई सोमबार सपथ गराएका हुन् ।

सपथ खुवाए लगत्तै सभामुखले टीका लगाइदिएका थिए ।  मनाङे मनाङको प्रदेशसभा ख बाट निर्वाचित भएका थिए ।

स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो ।

ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण करिव ८ महिना जेल बसेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?