दीपक मनाङेको सपथको तयारी,आजै हुने संभावना

दिपक मनाङे भनेर चिनिएका राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिने भएका छन् ।

गण्डकी प्रदेशका प्रदेशसभा सभामुखले मनाङेलाई सपथ खुवाउने तयारी गरेका छन् । सपथ आजै हुने बताइएको छ ।

ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण सपथ लिन पाएका थिएनन् ।  उनी करिव ८ महिना जेल बसेका थिए ।

पछिल्लो समय सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि छुटेका उनले सपथका लागि निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?