पारस शाह अस्पताल भर्ना

काठमाडौं ।  पूर्व युवराज पारस शाह नर्भिक अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्यमा एकाएक समस्या आइपरेपछि नर्भिक भर्ना भएका हुन् । 

अस्पतालका प्रेस सल्लाहकार आरपी मैनालीले उनी अस्पताल भर्ना भएको बताउँदै के भएको भन्नेबारे चाहिँ खुल्न बाँकी रहेको बताए । 

पूर्व राजा ज्ञानेन्द्र र पूर्व रानी कोमल भने अहिले सिमरामा छन् ।

सोमवार दिउँसो ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको शिव पार्वती मन्दिर र हिरण्यवर्ण महाविहारमा पूजा गरेर फर्किए लगत्तै उनको स्वास्थ्यमा समस्या देखिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?