काठमाडौं । चीनले कोटेश्वर–कलंकी सडक खण्ड नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
चीनले आफ्नो अनुदान सहयोगमा ५ वर्ष लगाएर निर्माण सम्पन्न गरेको कोटेश्वर–कलंकी सडक खण्ड नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर–कलंकी सडक खण्डको उद्घाटन गर्दै चीन सरकारप्रति आभार व्यक्त गरेका छन् ।
उनले भने, ‘दुवै छिमेकी देशलाई विश्वासमा लिएर सुखी नेपाली, समृद्ध नेपालको नारालाई सार्थकता दिइने प्रतिवद्धता गर्दछु ।’
चक्रपथ सडकको २७ किलोमिटर लम्वाइमध्ये पहिलो चरणमा १० दशमलव ३९ किलोमिटरको कोटेश्वर–कलंकी खण्ड विस्तारको काम सकिएको सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ ।
यसैगरी आयोजनाले कोटेश्वर, बागडोल र ग्वार्कोमा आकाशे पुल निर्माणसमेत गरेको छ ।
यस बाहेक सडक विस्तारका क्रममा खसीबजार, मनोहरा र बल्खुका दुई स्थानमा गरी आठ वटा पुल निर्माण भएको छ ।
चक्रपथमा हुने जामलाई कम गर्नका लागि कलंकीमा अण्डर पास पनि बनाइएको छ । उक्त ‘अन्डरपास’ चार लेन फराकिलो र ३८ मिटर लामो छ ।
सडक जाम कम गर्न निर्माण गरिएको ‘अन्डरपास’बाट नागढुङ्गा तर्फबाट कालिमाटीतिर आउने र कालिमाटीबाट नागढुङ्गातर्फ जाने सवारी साधनहरू अहिलेकै सडकको लेवलबाट आउने जाने गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया