कालिकोट । कालीकोटमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुबराज बमका अनुसार लु १ च८४९८ नम्बरको जिप सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेको थियो ।
शुभकालिका गाउँपालिकाको चौकी बजारबाट हाउडी आउँदै गरेको जीप चिसापानीमा शनिबार राति साढे ११ बजे दुर्घटना भएको थियो ।
उनका अनुसार सो दुर्घटनामा परी ज्यान गुमाउनेमा जिप चालक स्थानीय ३० वर्षीय हर्क विक, शुभकालिका गाउँपालिका– ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले घर भएका अन्दाजी २५ वर्षीय गोपाल सलामी मगर रहेका छन् ।
दुर्घटनाबारे अनुसन्धान जारी रहेकाे उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया