नक्कली भूटानी शरणार्थी प्रकरणमा आजदेखि प्रतिवादीतर्फका वकिलको बहस सुरु हुने भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि प्रतिवादीतर्फका वकिलको बहस सुरु हुन लागेको हो ।
जारी थुनछेक बहसमा मंगलबार सरकारी वकिलका तर्फको बहस सकिएको थियो ।
जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले भने, ‘सरकारी वकिलतर्फको बहस सकिएको छ, अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस गर्नु हुन्छ ।’
इजलासमा यस प्रकरणका प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुनसक्ने तथा जाहेरीकर्ताको सुरक्षामा खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल सरकारी वकिलले प्रस्तुत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया