प्रहरीको कुटाइबाट बाग्लुङ गलकोट–६ हरिचौरका ४० का वर्षीय सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् । उनको आन्द्रामा ५२ टाँँका लगाउनुपरेको छ । पिसाबथैली फुटेको छ भने प्यांक्रियाज (फियो) बिग्रिएको छ ।
इलाका प्रहरी कार्यालय गलकोटअन्तर्गतको हटिया प्रहरीचौकीका प्रहरी हवल्दार प्रेम थापा र बुद्ध विष्टले बस्नेतमाथि निर्घात कुटपिट गरेका हुन् । स्थानीय सडक निर्माणका विषयमा आयोजित बैठकमा सहभागी भएर घर फर्कने क्रममा गत २९ पुसको राति ९ बजे बस्नेतमाथि कुटपिट भएको हो ।
बस्नेत केही महिनाअघि मात्रै थाइल्यान्डबाट घर फर्किएका हुन् । १२ वर्षदेखि थाइल्यान्डमा कार्यरत उनी बुबा बिरामी भएपछि घर आएका थिए । बुबाको स्वास्थ्य अवस्था सुधार भएपछि उनी केही महिनापछि थाइल्यान्ड फर्कने क्रममा थिए । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया