काठमाडौँ। पश्चिमी वायुको प्रभावका कारण हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातका साथै पहाडी क्षेत्रमा भइरहेको हल्का वर्षामा आइबारबाट आंशिक सुधार आउने भएको छ ।
यद्यपि पश्चिमी उच्चचापीय प्रणालीको प्रभावले नेपालमा मौसम प्रभावित भइरहेका कारण पहाडी क्षेत्रमा आइतबार पनि मौसम बदली भइरहने छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविज्ञ सुवास रिमालका अनुसार, आइतबार दिउँसो देशका पहाडी भेगहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली हुनेछ । पश्चिमी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।
सोमबार पनि देशका पहाडी भेगहरूमा आंशिक बदली हुने जनाइएको छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया