विमानस्थलमा के के भने प्रधानमन्त्रीले  ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्विट्‍जरल्यान्ड बैंकका खाता हेर्न नगएको बताएका छन्।

भ्रमण सकेर शनिबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले स्विस बैंकमा ५५ नेपालीले गैरकानुनी ढंगले पैसा राखेको खुलासा भएको छ यसबारे केही कुरा भयो ? भन्ने एक पत्रकारको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने, म स्विट्‍जरल्यान्ड बैंकका खाता हेर्न गएको होइन, डाभोसमा अन्तर्राष्ट्रिय आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन गएको हो।’

उनले कानुनभन्दा माथि कोही नभएकोले सबै मर्यादा बस्नुपर्ने बताए ।

पत्रकारहरूको प्रशनको जवाफ दिदै उनले  संविधान, कानुनभन्दा माथि कोही नभएकोले सबैले मर्यादामा बस्नुपर्ने बताएका हुन्। पत्रकारहरूले डाक्टर गोविन्द केसीको अनसनमा उठाएको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिएनन्।  ‘सबै कुराको प्रक्रिया हुन्छ,’ प्रधानमन्त्रीले सटिक जवाफमा टुंगाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?