प्रतिनिधिसभा बैठकले चिकित्सा शिक्षा विधेयक–२०७५ पारित गरेसँगै अनसनरत डा गोविन्द केसीले निकालेको विज्ञप्ति विवादमा तानिएको छ ।
केसीले शुक्रबार निकालेको विज्ञप्तिमा ‘प्रधानमन्त्रीको निर्णय क्षमता उहाँको स्वास्थ्य अवस्था तथा उहाँले लिइरहेको औषधिका कारण प्रभावित भएको र त्यसको मूल्य राष्ट्रले चुकाइरहनु पर्ने दुर्भाग्यपूर्ण भएको’ उल्लेख छ ।
डा. केसीको यस्तो अभिव्यक्तिले अङ्ग प्रत्यारोपण गरेका नागरिकमा नकारात्मक असर पर्ने र हाडजोर्नीको चिकित्सक केसीले अङ्गप्रत्यारोपणको विषयमा बोल्नु गलत भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया