काठमाडौं– नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालोझण्डा देखाइएको छ ।
स्वीटजरल्याण्ड भ्रमण सकेर स्वदेश फर्किने क्रममा नेविसंघका कार्यकर्ताले उनलाई कालोझण्डा देखाएका हुन् । भीआईपी कक्षभित्रै छिरेर उनीहरुमाथि कालोझण्डा देखाइएको हो ।
कालोझण्डा देखाउने नेविसंघका केन्द्रीय सदस्य सुशील भट्ट, विद्यार्थी नेता निरन्जन थापा, सुवास घिमिरे र सुदिप अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया