धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्दा १० को मृत्यु

धनुषा–धनुषामा जन्ती चढेको बसमा करेन्ट लागेको छ ।
 
शुक्रबार साँझ धनुषाको सबैला नगरपालिका स्थित  बाल्टिया गाउँमा जन्ती चढेको ना ५ ख १७५२ नम्बरको बसले ११ हजार भोल्टेजको करेन्ट प्रवाह भएको विद्युतीय पोलको तार छुँदा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै घटनामा ३० जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

मृतकको संख्या अझैं सक्ने आशंका गरिएको छ । बसमा ४० जनाभन्दा बढी जन्ती सवार रहेको बताइएको छ ।

बस सिन्धुलीको दुधौलीबाट जन्ती बोकेर धनुषा आइरहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?