काठमाडौं । नेपालमा आज पहिलो पटक एम्बुलेन्स दिवस मनाइएको छ । ‘एम्बुलेन्सलाई पहिलो प्राथमिकता दिउँ’ भन्ने नाराका साथ एम्बुलेन्स दिवस मनाइएको हो ।
काठमाडौंका सरकारी र नीजि अस्पतालको सहकार्यमा एम्बुलेन्स दिवस मनाइएको हो ।
एम्बुलेन्सको साईरन संकेतसहित शिक्षण अस्पताल महाराजगञ्जबाट निकालिएको एम्बुलेन्स ¥याली चावहिल, गौशाला, तिनकुने, बानेश्वर, त्रिपुरेश्वर, लाजिम्पाट हुँदै शिक्षण अस्पताल पुगेर समापन भएको थियो ।
काठमाडौंमा सवारी चाप बढी रहेको अवस्थामा अस्पतालहरुले साईरन संकेतका एम्बुलेन्सलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
सवारीजाम र जनचेतना कम भएका कारण एम्बुलेन्सले प्राथमिकता नपाउने गरेको भन्दै एम्बुलेन्सको महत्व बुझाउन जनचेतना र्याली निकालेको उनीहरुको भनाई थियो ।
साईरन संकेतसहितका झण्डै दुईसय एम्बुलेन्स काठमाडौंका सडकमा आज एक साथ गुडेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया