बारा – बारा जिल्ला अदालतले बिहीबार एक कार्यक्रम गरी ज्यान मार्ने उद्योग मुद्दाका पीडितलाई जरिबाना तथा क्षर्तिपूर्ति बापतको रकम बुझाएको छ। नागरिक दैनिकमा खबर छापिएकाे छ ।
सिम्रौनगढ नगरपालिका वडा नम्बर–८ कर्चोवा टोल निवासी ६६ वर्षीय दीनानाथप्रसाद यादवलाई तीन लाख रुपैयाँको चेक बुझाएको हो। बारा जिल्ला अदालतको फैसला कार्यान्वयन अधिकारी दीपेन्द्र तिवारीसहितको एक टोलीले पिडितको कचोर्वा स्थित घरमा पुगी जरीवाना वापतको एक लाख तथा क्षर्तीपुर्ती वापत दुई लाख गरी तीन लाख रुपैयाँको चेक बुझाएको बताइएको छ।
२०७२ साल मंसिर २४ गते सोही ठाउँ निवासी प्रमोद प्रसाद यादवले मरणाशान हुने गरी कुटपिट गरेकोमा जिल्ला अदालत बाराले ०७३ मंसिर ७ गते कुटपिट महलको २ नम्बरको कसुरमा सोही महलको ६ बमोजिम एक लाख जरिबाना तथा महलको २५ (क) बमोजिम दुई लाख क्षतिपूर्ति पीडित यादवलाई दिने फैसला गरेको थियो।
जिल्लाको फैसला बदर गर्न वादी प्रमोदले जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जमा मिति २०७५ असार १२ गते पुनरावेदन गरेकोमा उच्च अदालतले ०७५ असार १२ गते जिल्ला अदालतको आदेशलाई नै सही ठहर गरेको थियो। उच्च अदालतबाट पनि बिपक्षमा फैसला आएपछि प्रमोदलाई असार १९ गते प्रहरीले पक्राउ गरी वीरगन्ज कारागार चलान गरिएको समेत दीपेन्द्र तिवारीले जानकारी बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया