चिकित्सा विधेयक आज फेरि

काठमाडौँ – संघीय संसद् सचिवालयले शुक्रबार प्रतिनिधिसभा बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची बनाएको छ । कार्यसूचीमा यसबाहेक विषय राखिएको छैन ।

कांग्रेसको अवरोधपछि सोमबार र मंगलबारको बैठकमा सभामुख कृष्णबहादुर महराले विधेयक पारित गर्ने प्रक्रिया अघि बढाउन सकेका थिएनन् । मंगलबार तीनपटक बैठक राखिए पनि कांग्रेसले बेल घेराउ गरेर मन्त्रीलाई रोस्ट्रममा जान नदिएपछि शुक्रबार १ बजेसम्मका लागि बैठक स्थगित भएको थियो । ‘यो विधेयक भोलि (शुक्रबार) को बैठकबाट टुंग्याउनुपर्छ भन्ने हो, बैठकको एजेन्डा पनि यही छ,’ सभामुख महराले बिहीबार सञ्चारकर्मीसँग भने, ‘शान्तिपूर्ण रूपमा विधेयक पारित गर्न छलफल भइरहेको छ ।’

चिकित्सा शिक्षासम्बन्धी विधेयक सरकारले चाँडै पारित गर्न चाहेकाले संसद्ले प्रक्रिया अघि बढाएको उनले बताए । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?