नेपाल–भारत इनर्जी बैंकिङ सहमति, के हाे इनर्जी बैकिङ सिस्टम ?

नेपाल–भारत उर्जा सचिवस्तरीय संयुक्त स्थायी समिति (जेएससी) ले दुई देशबीच इनर्जी बैंकिङको सहमतिलाई अनुमोदन गरेको छ ।

पोखरामा बिहीबार भएको जेएससी बैठकले गत महिना नयाँदिल्लीमा भएको नेपाल–भारत ऊर्जा आदानप्रदान समितिको १३ औं बैठकमा भएको सहमति अनुमोदन गरेको हो । उक्त सहमतिलाई पोखरा बैठकले अनुमोदन गरेपछि कार्यान्वयन गर्ने बाटो खुलेको छ ।

नेपालकातर्फबाट उर्जा सचिव दिनेशकुमार घिमिरे र भारतीय समकक्षी अजयकुमार भल्लाले सहमतिमा हस्ताक्षर गरे । यसअनुसार अब नेपाल र भारतबीच बिजुली साटासाट हुनेछ । एक देश र अर्को देशबीच चाहिएका बेला उर्जा आयात निर्यात गर्ने प्रणाली नै इनर्जी बैकिङ सिस्टम हो । नेपालले बर्खायाममा भारतलाई बिजुली दिनेछ ।  कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?