नमस्कार WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।
आज मिति २०७५ साल माघ १० गते बिहिबार देश विदेशमा के–के घटना भए र? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र थाहा पाउनुहोस् ५ मिनेटमा देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु ।
यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा लोकपथ टिभीलाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
1. नेपाललाई पश्चिमाको सुझाव न्याय खोज्दा पीडितको आवश्यकतालाई नबिर्सनु : संयुक्त राष्ट्रसङ्घले नेपाल सरकारसँग सङ्क्रमणकालीन न्यायलाई अगाडि बढाउँदा पीडितको आवश्यकतालाई केन्द्रमा राख्न सुझाव दिएको छ । स्वीट्जरल्याण्डमा जारी विश्व आर्थिक मञ्ज (वल्र्ड इकोनोमिक फोरम)को वार्षिक बैठकमा संयुक्त राष्ट्रसंघ लगायत नेपालमा कार्यरत विभिन्न नौ पश्चिमा कूटनीतिक नियोगले नेपाल सरकारलाई सङ्क्रमणकालीन न्यायलाई अगाडि सार्दा पीडितको आवश्यकतालाई केन्द्रमा राख्न आग्रह गरेका हुन् ।
2. कांग्रेस सभापति देउवा नेविसंघको घेराबन्दीमा : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेपाल विद्यार्थी संघका असन्तुष्ट समूहले चर्को नाराबाजी गरेका छन् । तोकिएको समयभन्दा दुई घण्टा ढिला पार्टी कार्यालय सानेपा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवालाई नेविसंघका कार्यकर्ताले चर्को नाराबाजी सहित घेराबन्दी गरेका थिए ।
3. मन्त्रिपरिषद बैठक विशेष राहदानी वाहकलाई भ्रमण गर्दा प्रवेशाज्ञामा छुट : सरकारले विशेष राहदानी बहाकलाई भ्रमण गर्दा प्रवेशाज्ञामा छुट दिने सम्झौतालाई स्वीकृत गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले विशेष राहदानी वाहकलाई एकअर्को मुलुकको भ्रमण गर्दा प्रवेशाज्ञामा छुट दिने सम्झौतालाई स्वीकृत गरेको हो ।
4. सांसदलाई सम्बोधन गर्दै डा. केसीले लेखे यस्तो पत्र ! त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले सांसदहरुलाई चिकित्सा शिक्षा विधेयकमा भएको त्रुटी सच्याउन आग्रह गरेका छन् । बिहीवार सांसदहरुलाई सार्वजनिक पत्र लेख्दै राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा भएको त्रुटी सच्याउन आग्रह गरेका हुन् ।
5. न्यायको खोजीमा खर्चिएका १ सय ८० दिन, रनभुल्लमा पन्त परिवार : कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज एक सय ८० दिन पुगेको छ । घटना भएको एक सय ८० दिन पुग्दा पनि पन्तको बलात्कारपछि हत्या कसले गर्यो अत्तोपत्तो नहुँदा पन्त परिवार रनभुल्लमा परेका छन् ।
6. गोरखकाली रबर उद्योगका कर्मचारीलाई अनिवार्य अवकाश दिने सरकारको निर्णय : सरकारले गोरखकाली रबर उद्योगका सम्पूर्ण कर्मचारीलाई अनिवार्य अवकाश दिने निर्णय गरेको छ । लामो समयदेखि बन्द उद्योगका सम्पूर्ण कर्मचारीलाई अवकाश दिने निर्णय पछिल्लो मन्त्रिपरिषदको बैठकले गरेको हो ।
7. १६ वर्ष राष्ट्रिय भलिबल टिमको कप्तानी सम्हालेका भरत शाहको २५ वर्षे भलिबल यात्रा : सुदूरपश्चिमको अछाम रिडीकोटमा जन्मिएका भरत शाह झण्डै तीस वर्ष राष्ट्रिय भलिबल टिममा भलिबल खेलिसकेका व्यक्ति हुन् । उनले १६ वर्ष राष्ट्रिय भलिबल टिमको कप्तानी सम्हालेका छन् तर उनको यो सफलता सानो प्रयासले सिञ्चीत भएको हैन । भलिबलमा करियर बनाउन चाहने जो कोहीको लागि उनी आईडल हुन् ।
8. बालबालिकालाई पनि डिप्रेसन हुन्छ, थाहा पाउनुहोस् : हामीलाई लाग्छ, चिन्ता वयस्क वा बृद्धबृद्धालाई मात्र हुन्छ । घरव्यवहार, करियर, सम्बन्ध आदिको चापले युवा उमेरदेखि मात्र सताउने भएकोले हामी सोच्छौं, समस्या टिनएजदेखि मात्रै शुरु हुन्छ । तर बालबालिकालाई पनि डिप्रेसन हुने तथ्यांकले देखाएको छ ।
9. एक हजार जरिवाना विरुद्ध फणिन्द्र नेपालले गरे पुनरावेदन : ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले रु १ हजार जरिवानाविरुद्ध जिल्ला अदालत काठमाडौंमा पुनरावेदन दर्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले गत मंसिर २३ गते नेपाललाई सार्वजनिक शान्ति विरुद्धको कसूरमा १ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
10.सरकार जिम्मेवार भएन भने संसदमा मुठभेडपनि हुनसक्छ : गगन थापा
मुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोलि बस्ने संसद बैठकमा मुठभेडपनि हुनसक्ने चेतावनी दिएका छन् । उनले चिकित्सा शिक्षा विद्येयकको लागि सभामुख कृष्णबहादुर महराको संसदभित्रको भूमिका आफूहरुको लागि चित्तबुझ्दो नभएको पनि गुनासो पोखे ।
11. शेयर बजार झिनो अङ्कले घट्यो : धितोपत्र बजारमा आज शेयर बजारमा सामान्य कमी आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.२ विन्दुले घटेर एक हजार १७२.७८ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०८ विन्दुले घटेर २४८.६५ विन्दुमा पुगेको छ ।
12. नेविसंघका कार्यकर्ताद्वारा पार्टी कार्यालयमा नारावाजी : नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा भ्रातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताले नारावाजी गरेका छन् । चावहिलस्थित पशुपति क्याम्पसमा भेला भएर मोटरसाइकल र्यालीसहित पार्टी कार्यालय पुगेका नेविसंघका कार्यकर्ताले ‘असफल नेतृत्व चाहिँदैन, म्याद थप्न पाईदैन’ भन्दै नारावाजी गरेका हुन् ।
13. भाषासेवी मोहनराज शर्माको निधन : भाषासेवी मोहनराज शर्माको ७८ वर्षको उमेरमा बिहीवार निधन भएको छ । शर्माको उपचारका क्रममा बिहान ६ः३५ मिनेटमा काठमाडौंको कलंकीस्थित नेसनल अस्पतालमा निधन भएको हो ।
14. चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्यामा वृद्धि : चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको शुरु ६ महिनामा गत वर्षको सोही अवधिमा भन्दा २१ हजार २८ पर्यटक बढेका छन् । जसमध्ये १८ हजार ७३४ नेपाली, १० हजार ३३८ सार्क मुलुकका र ५९ हजार ७९ सार्कबाहेकको देशका रहेका छन् ।
15. सरकारलाई चिकित्सक संघको ७२ घन्टे अल्टिमेटम : नेपाल चिकित्सक संघले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको कदम चाल्न सरकारलाई अल्टिमेटम दिएका छन् । नेपाल चिकित्सक संघले सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको हो ।
16. इन्डोनेसियामा बाढी पहिरोबाट २६ को मृत्यु : इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या २६ पुगेको प्रकोप नियन्त्रण अधिकारीहरुले बिहीवार जानकारी दिएका छन् । यस बाढी पहिरोमा करिब २४ जना बेपत्ता भएका छन् ।
17. अमेरिकी राष्ट्रपतिले के लेखे उत्तर कोरियाली नेता किम जोन उनलाई : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र पठाएका छन् । बुधवार उत्तर कोरियाली नेता किमलाई राष्ट्रपति ट्रम्पले व्यक्तिगत रुपमा पत्र पठाएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
18. एकदिवसीय क्रिकेट शुक्रवार नेपाल र युएईबीचको पहिलो खेल : नेपाल र संयुक्त अरब इमिरेट्स ‘युएई’को क्रिकेट टोलीबीच हुने तीन अन्तर्राष्ट्रिय एक दिवसीय र तीन टि–२० अन्तर्रा्ष्ट्रिय सिरिजअन्तर्गतको पहिलो खेल नेपालले भोलि ‘शुक्रवार’ खेल्दैछ । नेपालले एउटै देशसँग एक दिवसीय र टी २० अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको यो पहिलो पटक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया