चिसोले कठ्याङ्ग्रिएर जुम्लामा एकको मृत्यु

खलङ्गा ।  चिसोले कठ्याङ्ग्रिएर जुम्लाको सिँजा गाउँपालिका–६ जोडूका २७ वर्षीय शिवचन्द्र बुढाको मृत्यु भएको छ ।

उनको पठमाराबाट जोडू जाने क्रममा नाकुल्लीमा चिसोले कठ्याङ्ग्रिएर बुधबार मृत्यु भएको जोडू माध्यमिक विद्यालयका प्रधानाध्यापक नरबहादुर बुढाले जानकारी दिए । पठमाराबाट राडीपाखी खरिद गरी जोडू गाउँ जान हिँडेका बुढा नाकुल्लीमा हिमपातमा परेका थिए ।

बाक्लो हिउँ परेका कारण उनको शव घर लैजान नसकिएको र घटना स्थलमै दाह संस्कार गरिएको बुढाले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?