सरकारलाई चिकित्सक संघको अल्टिमेटम, डा. केसीको जीवन रक्षाको माग

काठमाडौं । नेपाल चिकित्सक संघले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको कदम चाल्न सरकारलाई अल्टिमेटम दिएका छन् । 

 नेपाल चिकित्सक संघले सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको हो । 

प्रधानमन्त्री स्वयंले अलग परिस्थितिमा सम्झौता भएको भन्दै संसदमा गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको र डा. केसीबारे गलत प्रचार भएको भन्दै निन्दा गरेको छ ।

आज बिहीबार विज्ञप्ति जारी गर्दै ७२ घन्टाभित्र वार्ता टोली बनाउन माग गरेको छ ।  

आफूहरुको माग सम्बोधन नभए आइतबार १ बजे उपत्यकाका चिकित्सकहरु शिक्षण अस्पतालमा भेला भएर थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्ने चिकित्सक संघले चेतावनी एिको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?