नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्वउपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्यलाभको कामना गरेको छ।
विज्ञप्ती जारी गर्दै नेकपाले गत माघ २ गते मुटु, श्वासप्रश्वास र छातीको सङ्क्रमण भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराईरहेका अधिकारीको स्वास्थ्यलाभको कामना गरेको हो ।

अधिकारीको गत बुधबारदेखि सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ।
८२ वर्षीय अधिकारीले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री, तत्कालीन नेकपा (एमाले) को स्थायी कमिटी सदस्य भएर सरकार र पार्टीका विभिन्न जिम्मेवारी सम्हालेका छन्। _ तस्वीर : गुगलबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया