भेनेजुएलाका राष्ट्रपति मदुरो सत्ताच्यूत भएको घोषणा भएके छ ।
संसदका नेता हुवा गुएइदोले राष्ट्रपति निकोलास मदुरोलाई विस्थापित गरी आफूलाई मुलुकको “अन्तरिम राष्ट्रपति” घोषणा गरेका छन् ।
गुएदोको घोषणासँगै राजधानी काराकासका सडकमा दशौं हजारले विपक्षी नेताको समर्थनमा खुशी मनाउँदै जुलुस समेत निकालेका छन् ।
नारा जुलुसकै क्रममा भएको झडपमा एक दर्जनभन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको समाचार छ ।
गुएइदोलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको पूर्ण समर्थन रहने घोषणा गरेका छन् भने युरोपेली युनियन, भेनेजुएलाका छिमेकी देशहरु ब्राजिल, कोलम्बिया, चिली, अर्जेन्टिना समेतले गुएदोलाई समर्थन गरेका छन् ।
भेनेजुएलाको संसद, सेना र अदालत सबै विभाजित भएको बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया