नेकपा एकता प्रकृया लम्वियो, केन्द्रीय नेता जिम्मेवारी विहीन

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरु ९ महिनादेखि भूमिका विहीन भएका छन् । पार्टी एकता हुँदा तीन महिनाभित्र जनसंगठन एकता गर्ने घोषणा गरिएको थियो । तर पार्टी एकता भएसँगै शीर्ष नेतृत्वबीचको आन्तरिक विवादका कारण एकता प्रक्रिया लम्बिँदै आएको छ ।

पार्टी एकीकरण हुँदा ४ सय ४१ सदस्यीय केन्द्रीय समिति गठन भएको थियो । केन्द्रीय समितिले पूर्णता पाए पनि पार्टीेले अझै जिम्मेवारी दिन सकेको छैन । सचिवालय र स्थायी समितिको बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने एजेन्डा समावेश भए तापनि मूर्त रुप पाउन सकेको छैन।

नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले लामो समयसम्म केन्द्रीय सदस्यको कार्यविभाजन नहुँदा अन्योल सृजना भएको बताए । उनले  भने– ‘पार्टी एकता भएको तीन महिनाभित्र एकता प्रक्रिया टुंगो लगाउने घोषणा हुँदा निकै आशा जगाएको थियो, नौ महिना हुँदा समेत केन्द्रीय सदस्यको कार्यविभाजन हुन सकेको छैन ।’ नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?