मुख्यमन्त्री अञ्चलाधीशभन्दा कमजोर

काठमाडौँ – प्रदेश सरकार मातहत प्रमुख जिल्ला अधिकारी रहने छैनन्, प्रहरी प्रमुख आउने छैनन् ।

सातवटा प्रदेश सरकार गठन भएको एक वर्ष पुग्न लाग्दा मुख्य मन्त्रीहरू निरीह देखिन थालेका छन् ।

यसलाई नियालेका एक पूर्वप्रशासकले  भने, ‘आजका मुख्यमन्त्री हिजोका अञ्चलाधीशभन्दा कमजोर बनेका छन् ।’

केन्द्रले आफ्नो शक्तिशाली प्रतिनिधिका रूपमा प्रजिअलाई स्थापित गर्ने गरी कानुन ल्याउन लागेको तथा प्रहरीतर्फ प्रदेश सरकारलाई प्रहरी निरीक्षकसम्मको मात्रै अधिकार रहने विधेयक ल्याएपछि प्रदेश सरकार थप झस्किएका छन् ।

‘मै मन्त्री छु, गृह प्रशासनको जिम्मेवारी मैसँग छ । मैले त सरकारमा भएको अनुभूति गर्न सकेको छुइनँ,’ गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान भन्छन्, ‘सुशासन र शान्तिसुरक्षाका सवालमै काम गर्न नपाएपछि सरकारको अनुभूति हुन्छ कसरी ?’
आजको कान्तिपुर दैनिकमा  खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?