मुस्ताङमा कालीगण्डकी नदी थुनियो, बन्यो २ सय मिटरको कृत्रिम ताल

काठमाडौं । मुस्ताङको घरपझोङको दुई वडामा कालीगण्डकी नदी थुनिएको छ । 

घरपझोङ गाउँपालिकाको वडा नं. १ र २ को सीमानामा पर्ने छैरो भन्ने ठाउँमा कालीगण्डकी नदी थुनिएको हो । किनारको २ र ३ सय मिटर जमिन भासिर कालीगण्डकी नदी थुनिएको  मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जनाकारी दिए । 

२०७२ साल वैशाखमा गएको भूकम्पले चिरा चिरा परेको पहाडमा सुख्खा पहिरो गएपछि माटो र रुख नदीमा खसेको हो । 

नदीको एकापट्टिको किनार थुनिएका कारण २ सय मिटर फराकिलो ताल बनेको छ । 

त्यस्तै अर्को तर्फको किनाराबाट पानी बगिरहेको क्षेत्रीय आपतकालीन कार्य सञ्चालन केन्द्र पोखराले जानकारी दिएको छ ।

नदी थुनिएको ठाउँमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी पुगिसकेको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जानकारी दिए । 

सुरक्षाकर्मीहरुले नदीमा खरेको रुखविरुवा हटाएपछि पानी बग्न लागेको र कुनै खतरा नरहेको उनले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?