काठमाडौँ – व्यापारी अजेयराज सुमार्गीको शंकास्पद विदेशी लगानी रकम फिर्त्याउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा राष्ट्र बैंकले आलटाल गरेको छ ।
सर्वोच्चले आदेश दिएको दुई साता बितिसके पनि राष्ट्र बैंकले उनको खाता रोक्का नगरी पत्राचारको काम मात्र गरिरहेको छ ।
पछिल्लो पटक राष्ट्र बैंकले मंगलबार इन्भेस्टमेन्ट बैंकबाट रकम सारिएका तीन बैंकहरूलाई पत्राचार गरेको छ।
रकम भने ती बैंकबाट पनि अन्तै सारिइसकेको आशंका राष्ट्र बैंककै अधिकारीहरूको छ। यसबारे बुझ्न खोज्दा गभर्नर चिरञ्जीवी नेपाल र राष्ट्र बैंकका अन्य अधिकारीहरूले प्रतिक्रिया दिन मानेनन्। कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया