काठमाडौं–संघमै समायोजन हुन चाहने कर्मचारीको संख्या अत्यधिक रहेको पाइएको छ।
समायोजनमा जान फारम भरेका कुल ७७ हजार ३४ जनामध्ये ३५ हजार ३ सय ६४ जनाले संघमै समायोेजन हुने चाहना देखाएका छन्।
सरकारले स्थानीय तह र प्रदेशमा खटाउन कर्मचारी समायोजन ल्याए पनि अत्यधिक कर्मचारीको रोजाई संघ नै परेको हो।
१३ हजार कर्मचारीले भने समायोजन फाराम नै भरेका छैनन्। यसले पनि अत्यधिक कर्मचारीको चाहना संघमै बसेर काम गर्ने रहेको देखाएको छ। सरकारले भने संघका लागि ४९ हजार ९ सय २० जनाको मात्र दरबन्दी स्वीकृत गरेको छ।
कर्मचारी समायोजनसँगै प्रशासनिक संघीयताले गति लिने अपेक्षा गरिरहेको अवस्थामा यो तथ्यांक आएको हो। नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया