बागमती प्रदेशमा चल्ने सार्वजनिक गाडीको भाडा घट्यो

लोकपथ
105
Shares

बागमती प्रदेशमा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले आज सार्वजनिक गाडीको भाडा घटाएको हो । नेपाल आयल निगमले डिजलको भाउ घटाएको नौँ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो ।

मन्त्रालयले घटाएको भाडा दर आजै राजपत्रमा प्रकाशित भएको छ । काठमाडौँ उपत्यकाभित्र ५ दशमलव ९ प्रतिशतले तथा उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक गाडीमा ४ दशमलव १८ प्रतिशत र मालवाहक गाडीमा ५ दशमलव ६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए ।

यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडीभाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए । नेपाल आयल निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो । लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो । लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?