राजस्व अनुगमनका लागि काठमाडौं महानगरले वडालाई पठायो पत्र

लोकपथ
42
Shares

काठमाडौं। वडा स्तरीय राजस्व अनुगमनका लागि काठमाडौं महानगरपालिकाको राजस्व विभागले वडा कार्यालयहरुलाई पत्र पठाएको छ ।

बुधबार पठाइएको पत्रमा वडा क्षेत्रभित्र रहेका सम्पत्तिकर र बहाल कर बुझाए नबुझाएको, व्यवसाय दर्ता र नविकरण भए÷नभएको हेर्नका लागि अनुगमन गर्न भनिएको छ । अनुगमन क्रममा अनलाइन राजस्व दाखिला प्रणालीबाट कर दाखिला गर्न प्रोत्साहन गर्न, प्रणाली सञ्चालनका विषयमा जानकारी गराउन अनुरोध गरिएको छ ।

जेठ १ गते बसेको कार्यपालिकाको बैठकले राजस्व अनुगमन गर्ने निर्णय गरेको थियो । अनुगमनमा जनप्रतिनिधि र कर्मचारी रहनेछन् ।

अनुगमन टोलीको छनौट वडा अध्यक्षले गर्नेछन्। तोकिएको दिनमा सम्बन्धित करदाताहरुको स्थलमा पुगेर सम्पत्ति कर, बहाल कर र व्यवसाय दर्ता नविकरणको फारम भरिनेछ । यस क्रममा आवश्यक कागजातहरुको प्रतिलिपि समेत लिइनेछ । यसरी भरिएका विवरण फारमहरु हरेक दिन वडा कार्यालयमा बुझाइनेछ । वडा कार्यालयमा प्राप्त भएका फारामहरु कम्प्युटरमा इन्ट्री गराएर प्रमाणपत्र तथा कर चुक्ता जारी गरिनेछ । यसवापत तिर्नु पर्ने कर तथा राजस्व सम्बन्धित करदाताहरुलाई अनलाइन प्रणालीबाट तिर्न लगाइनेछ । यसपछि प्रमाणपत्र स्थलगत रुपमा उपलब्ध गराइनेछ ।

अनलाइन प्रणालीबाट राजस्व भुक्तानी नगर्ने करदाताहरुलाई कर बुझाउन र प्रमाणपत्र तथा कर चुक्ता बुझ्न वडा कार्यालयमा नै बोलाइनेछ ।

अनुगमन टोलीमा दैनिक ८ घण्टा काम गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?