काठमाडौं– नयाँ वानेश्वरस्थित संसद भवनबाहिर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। झडपको क्रममा नेविसंघका महामन्त्री कुन्दन राज काफ्ले र उपाध्यक्ष रामप्रसाद अधिकारी घाइते भएका छन्।
झडपको क्रममा उनीहरुलाई चोट लागेको छ। घाईते मध्ये उपाध्यक्ष रामप्रसाद अधिकारिको बानेश्वर स्थित एभरेष्ट नर्सिङ होममा उपचाररथ रहेको नेबिसघंका नेता निरन्जन थापाले जानकारी दिए ।
नेविसंघका महामन्त्री काफ्लेको नेतृत्वमा निस्केको बिद्यार्थीहरुको समूह र प्रहरी बिच प्रदर्शनका क्रममा झडप भएको हो। निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरीले उनीहरुलाई रोकेको थियो।
प्रदर्शनकारीले आन्दोलनको क्रममा दुई सरकारी गाडी तोडफोडसमेत गरेका छन्।
अनसनरत डा गोविन्द केसीको जीवन रक्षाको निम्ति समेत बिद्यार्थीहरुको समुहले नाराजुलुस गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया