महानगरिय प्रहरी परिसर काठमाडौँको टोलीले गोंगबुमा गोली चलाएको छ ।
गोंगबुमा रहेको होटल लक प्रा.लीमा प्रहरीले गोली चलाएको हो ।
प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् । घाईते हुनेमा काभ्रेका अभिलाश तामाङ रहेको महानगरिय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए । घाईते तामाङको घुँडामा गोली लागेको छ ।
पक्राउ परेका तामाङको साथबाट प्रहरीले एउटा लोेडेड चाईनिज पेस्तोल बरामद गरेको छ ।
प्रहरीको गोली लागेर काभ्रेका अभिलाश तामाङ घाइते भएका हुन् उनको घुँडामा गोली लागेको छ ।
उनको त्रि वि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ ।
तस्वीर : फाईल फोटो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया