काठमाडौं । महानगरपालिकाले स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालनका लागि प्रवक्ता ईश्वरमान डङ्गोलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
गठन भएको कार्यदलले स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन गर्न कार्यविधि तयार पार्नेछ ।
महानगरले विगत दुई वर्ष अघिदेखि नै विभिन्न ४१ स्थानमा स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्ने घोषणा गरेको भएपनि अहिले सम्म कुनै पनि काम अगाडि बढ्न सकेको छैन् । प्रवक्ता डङ्गोलको संयोजकत्वमा गठित समितिका सदस्यमा अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्ले, राजश्व विभागका निर्देशक शिवराज अधिकारी, कानून महाशाखा प्रमुख वसन्त आचार्य र कानून महाशाखाकी शाखा अधिकृत शरी वाग्ले सदस्य छन् ।
स्मार्ट सार्वजनिक शौचालय बनाउन उपयुक्त ठाउँको पहिचान गर्ने, स्थानअनुसारको डिजाइन यकिन गर्ने, प्रस्तावहरुको विश्लेषण गर्ने र उपयुक्त स्थान र डिजाइनमा तयार भएको प्रस्तावबमोजिम निर्माण तथा सञ्चालन गर्न निर्णय समितिले गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया