काठमाडौं । कीर्तिपुर स्थित चोभारमा प्रधानमन्त्री केपी शर्मा ओलिले सुख्खा बन्दरगाहको सिलान्याश गरेपछी एक स्थानियले सह-सचिवलाई ‘गुरिल्ला युद्ध’ गर्ने धम्की दिएका छन् ।
बन्दरगाह अध्ययन समितीको संयोजक समेत रहेका उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सह-सचिव रवि शंकर सैंजुलाई मोबाइलमा म्यासेज गर्दै त्यस्तो धम्कि दिने स्थानिय विष्णु फुयाँल शर्मा लाई प्रहरीले पक्राउ गरेको छ ।
‘रिकभरी नेपालको अध्यक्ष समेत रहेका चोभारका स्थानिय विष्णु फुयाँल शर्मालाई हामीले नियन्त्रणमा लिएका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले भने, ‘विद्याुत्तिय कारोबार ऐन अन्तर्गत पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौं ।’
शनिवार पक्राउ परेका फुयाँलले प्रधानमन्त्रीले सुख्खा बन्दरगाहको उद्घाटन गरेको २४ घण्टाभित्र ‘खाली हुनुपर्ने, नत्र..’ भन्दै सह–सचिवलाई धम्कि दिएका थिए ।
सह-सचि सैंजुले बन्दरगाश शिलान्यास कार्यक्रमको उद्घेषण गरेका थिए ।
सिमेन्ट काराखाना भएको स्थानमा सुख्खा बन्दरगाहको शिलान्यास गरिएको भन्दै स्थानियले बिरोध गरिरहेका छन् ।स्थानिय कांग्रेस कार्यकर्ता समेत रहेका फुयाँलले सह–सचिवको मोवाईलमा म्यासेज गर्दै, ‘सुख्खा बन्दरगाह तुरुन्तै हटाउनु नत्र, गुरिल्ला युद्ध र अरु थप जे पनी हुनसक्छ’ भन्दै धाक धम्किपुर्ण म्यासेज गरेका थिए ।
मोबाइलमा त्यस्तो धम्किपुर्ण म्यासेज आएपछी सह–सचिव सैंजुले महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले फुयाँल लाई नियन्त्रणमा लिएर मुद्धा दर्ता गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया