दूतावास खोल्न कतै हतार, कतै सुरसार नै छैन

काठमाडौं–करिब एक दशकको पहलपछि स्पेनमा नेपाली दूतावास खोलिँदा त्यहाँका नेपाली निकै उत्साहित भए, एकआपसमा खुसीयाली साटासाट गरे । तर कुटनीतिक वृत्तमा त्यसको विरोध निकै चर्कै भयो ।

कुटनीतिक मामिलाका जानकारहरुको एउटै तर्क थियो–‘पर्याप्त गृहकार्यविना हुचवाका भरमा राजनीतिक भागवन्डा मिलाउन त्यहाँ दूतावास खोलियो, सरकारको अपरिपक्व निर्णयले राज्यलाई अनावश्यक आर्थिक भार थपियो ।’
२ वर्षअघि २०७३ फागुन दोस्रो साता पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको तत्कालिन सरकारले स्पेनमा दूतावास खोल्ने निर्णय गरेको थियो ।

जब अन्य मुलुकमा दूतावास र कुटनीतिक नियोग स्थापनाको खाँचो आँैल्याइन्छ तब कुटनीतिक वृत्तमा फेरी स्पेनको उदाहरण दोहो¥याउने गरिन्छ । स्पेन मात्रै होइन त्यहाँभन्दा झनै बढी नेपालीहरुको उपस्थिती रहेको इटाली, पोर्चुगल, इराक, टर्कीजस्ता मुलुकबाट पनि वर्षौ अघिदेखि दूतावासको माग हुँदै आएको छ । तर यी मुलुकबारेको प्रकृया खासै अघि नबढेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालको अन्तर्राष्ट्रिय सम्पर्क र उपस्थिती बजेटसँग मात्रै तुलना गर्न नहुने परराष्ट्रका अधिकारीहरुको तर्क छ । ‘स्पेनमा दूतावास खोल्दा हुन्छ भने इटाली, पोर्चुगल, इराक र टर्कीमा किन नहुने, यी देशबाट पनि वर्षौअघि देखि दूतावासको माग आइरहेको छ, तर खैं सरकार यसबारेमा खासै गम्भिर देखिदैन’–परराष्ट्रका एक अधिकारीले भने ।

ती अधिकारीले प्रष्ट्याउँदै भने–‘टर्कीले नेपालसँग सिधा हवाई उडान भरिरहेको अवस्थामा नेपालले टर्कीमा दूतावास खोल्न ढिलो भइसकेको छ, यूरोप र समग्र मध्य एसियाली मुलुकसँगको सम्पर्क जोड्न त्यहाँ दूतावासको खाँचो छ ।’ नेपाल समाचारपत्र दैनिका खबर छापिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?