विदेशी बैंकमा पैसा राख्नेमाथि निगरानी

 काठमाडौं – व्यवसायी घरानाले स्विस बैंकमा पैसा राखेको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री कार्यालयले सम्पत्ति शुद्धीकरण विभागलाई अनुसन्धान गर्न निर्देशन दिएको छ।

प्रधानमन्त्री कार्यालयमातहत रहेको सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान महाशाखाले केही दिनअघि पत्राचार गरी विभागलाई अनुसन्धान गर्न निर्देशन दिएको हो। विदेशी बैंकमा पैसा राखेको समाचार आएपछि प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण भएको र विभागलाई अनुसन्धानका लागि निर्देशन दिएको महाशाखाका उपसचिव लक्ष्मण खड्काले बताए। उनका अनुसार अनुसन्धानबाट प्राप्त रिपोर्टसमेत प्रधानमन्त्री कार्यालयलाई बुझाउन निर्देशन दिइएको छ। नागरिक दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?