किन अझै पनि सर्पको टोकाइबाट मानिसहरु मर्छन् ?

एजेन्सी । हरेक वर्ष संसारभर सर्पको टोकाइबाट दस हजार भन्दा बढि मानिसहरुको  मृत्यु हुने गरेको छ  ।

एक अध्ययनका अनुसार, सर्पको टोकाइबाट मानिसहरुको समयमा नै उपचार नहुँदा मृत्यु हुने गरेको पाइएको छ । त्यस्तै बाच्ने सम्भावना भएका मानिसहरुको भने गलत औषधीको प्रयोगबाट पनि मृत्यु हुने गरेको जनाइएको छ । 

सर्पको टोकाइबाट कुनै पनि ठूलो रोग तथा स्वास्थ्यमा समस्या देखा पर्दैनन् । तर, विश्वका केहि भागका मानिसहरु भने अहिले पनि हरेक दिन सर्पको जोखिममा छन् । 

सर्पको टोकाइबाट घाइते भएकाहरुले समयमै उपचार पाउने गरेका छैनन्  । कतिले त उपचार नै पाउँदैनन् । त्यो बाहेक अन्य अवस्थामा विषको असर रोक्ने औषधीको नै गलत प्रयोग गरिएको पाइएको छ । 

एक महिनामा ११ हजार मानिसहरुको बिभिन्न सर्पको टोकाईबाट मृत्यु भयो जुन संख्या २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिका इबोलामा संकटको कारण मृत्यु भएको थियो । 

एक वर्षमा ४ लाख ५० हजार मानिसहरु जीवन परिवर्तन गर्ने चोटहरुले बाँच्छन्, जस्तै अंगच्छेद र असक्षमता । पछिल्लो समयमा प्रायः सबै राष्ट्रहरुले सर्पको टोकाइको उपचारलाई मुख्य स्वास्थ्य प्राथमिकतामा राखेका छन् ।

विकसित क्षेत्रहरुमा जस्तै युरोप, अस्ट्रेलिया, उत्तर अमेरिका सर्पको टोकाईबाट औलामा गन्न सक्ने मानिसहरुको मृत्यु हुने गरेको छ । त्यस्तै ३२ हजार अफ्रिकामा सर्पको टोकाइबाट मृत्यु हुने गरेको पाईएको छ भने यो दक्षिण एशियामा यस्को संख्या दोब्बर हुने गरेको छ ।

गाम्रिण क्षेत्रका मानिसहरु सर्पको टोकाइएको उच्च जाखिममा रहेका छन् । चाहे त्यो खेतमा होस्, रातिको समयमा एक्लै हिड्दा होस् । कतिपय अवस्थामा आफ्नै घरमा राति सुतिरहेका बेलामा पनि खतरा हुँने गरेको छ । 

जवान युवाहरु र बच्चाहरुलाई सर्पले धेरै टोक्ने पाइएको ।

अफ्रिकी र एशियाका केही भागहरूमा स्वास्थ्य प्रणालीहरु प्रायः सर्पको टोकाई पछि कसरी बच्ने भन्ने उल्लेख गरिएको छ । क्लिनिकले प्रशिक्षण, आपतकालीन यातायात र सस्तो मूल्यको औषधी आदि सबै प्रणालीमा उल्लेख गरिएको छ ।

विषालु सर्पको टोकाईबाट तीन मुख्य खतराहरु हुने गरेको छ :अनियन्त्रित ब्लीडिंग, पक्षाघात र अपरिवर्तनीय ऊतक विनाश ।

सर्पको टोकाइबाट घाइते भएकाहरुलाई सक्दो छिटो उपचार दिनुपर्छ  । एन्टिभेनम, सर्पको विषको पहिचान गर्ने औषधी हो । यसमा सर्पको जहर प्रयोग गरिएको हुन्छ जो सर्पको टोकाइपछि उपचार गर्न डिजाइन गरिएको हुन्छ । यसको अर्थ, धेरै एन्टिभेनम बन्नु जरुरी हुन्छ । संसारमा धेरै विषालु सर्पको प्रजातिहरु पाइन्छन् । कोब्रा, माम्बा, किटट्स, भाइरर्पस र पिट भाइर्पस, आदि त केहि नामहरु मात्र हुन् ।  

एक सर्पको विष एक समूहबाट अर्कोमा भिन्न हुने गरेको छ र क्षत्र अनुसार पनि फरक हुने गरेको छ । 

यसको अर्थ सही एन्टिभेनम प्रायः पहिचान गर्न गाह्रो हुन्छ र धेरै महङ्गो हुन्छ जो सादाहरण व्यक्तिको पहुँचमा हुँदैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?