प्रहरीको बढुवामा चलखेल बढ्यो

काठमाडौ– लामो समयदेखि बढुवाको लागि ऐन बाधक भएपछि मन्त्रिपरिषदको हालैको बैठकले ऐन संशोधन गरेपछि बढुवाका लागि अहिले दौडधुप चर्को रुपमा बढेको छ ।
गृह मन्त्रालयले कानुनी अड्चन फुकेको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रधान कार्यालयले बढुवाको फाईल तयार पार्ने क्रमलाई तीव्रता दिएसँगै बढुवाका आकांक्षीहरु प्रधान कार्यालय धाउनु भन्दापनि नेताकोमा धाउन शुरु गरेका छन ।

अहिले नेपाल प्रहरीमा डिआईजी १, एसएसपी १६, एसपी २६ सिट खाली रहेको छ । ती सिटकालागि दोडधुप चर्को रुपमा अघि बढेको छ ।
नेपाल प्रहरीको रिक्त रहेको एक सिट डिआईजीमा हालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका ब्याजी बिरेन्द्र श्रेष्ठको बढुवाकालागि सबै तयारी गरिएको भएपनि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलका भतिजा बिश्व पोखरेलले समेत राजनीतिक लविङ गरेपछि बढुवाको फाईल रोकिएको छ । उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना भतिजा बिश्व पोखरेलको डिआईजीमा बढुवा गरी दिन अडान लिएपछि बढुवाको फाईल रोकिएको प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?